गल्ती गर्दै 'चपली' कपल

असार २८, २०७३- फिल्मका कास्ट एन्ड क्रुका कारण यतिबेला 'चपली हाइट २' दर्शकमाझ प्रतीक्षित बनेको छ । त्यसो त यसअघि पनि विनीता बराल अभिनीत 'चपली हाइट' ले पनि खुबै चर्चा बटुलेको थियो । सिक्वेलमा यसपटक भने आयुष्मान देशराज जोशीले दुई नायिका पारमिता राज्यलक्ष्मी राणा र मरिष्का पोखरेलसँग रोमान्स गर्दै छन् ।
भदौ २ देखि रिलिज हुने 'चपली हाइट २' को मंगलबार 'गल्ती गरौं न...' बोलको भिडियो गीत रिलिज गरिएको छ । जसमा आयुष्मानले पारमितालाई 'गल्ती' गर्नका लागि उकासिरहेका छन् । रिभर साइड र स्विमिङ पुलमा फिचरिङ गरिएको उक्त गीतमा आयुष्मान र पारमिताको जोडीलाई हट अवतारमा प्रस्तुत गरिएको छ । दुवै यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् । आयुष्मान सामाजिक सञ्जालमा समेत राम्रो फ्यान फलोइङ भएका सेलेब हुन् भने रिलमा प्रेमिकाका रूपमा रहेकी पारमिता रियलमा पनि उनकी प्रेमिका हुन् ।
धर्मेन्द्र सेवानले गाएको सुरेश राईको उक्त गीतको संगीत फिल्मका निर्मातासमेत रहेका अर्जुन कुमारले भरेका हुन् । गीतमै पनि किसिङ सिन दिएको पारमिता-आयुष्मानले रियल कपल नै भएकोले पनि यस्ता दृश्य दिन हिचकिचाहट नभएको यसअघि नै पत्रकार सम्मेलनमा बताएका थिए ।
Don't Forget To Join US Our Community