प्रधानमन्त्री ओलीले अहिले राजीनामा नदिने, संसदको सामना गर्ने


असार २८, २०७३- माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीको पार्टी एमालेले तत्काल राजीनामा निदएर भने संसदको सामना गर्ने तयारी सुरु गरेको छ ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार एमालेले संसदको नियम अनुसार अघि बढ्ने उलल्लेख गरे । ‘यो सरकारले राम्रो काम गरेको छ, त्यही राम्रो काम गरेबापत समर्थन फिर्ता लिइएको हो,’ उनले भने, ‘यस विषयमा हामी संसदमा जाने छौं, त्यही कुरा गर्ने छौं ।’

एमालेले साँझ ६ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । अहिले प्रधानमन्त्री ओली निकटकाहरु अव उत्पन्न हुने अवस्थाको सामना कसरी गर्ने भन्ने सम्बन्धमा छलफलमा जुटेको छ ।


Don't Forget To Join US Our Community