यसरी भयो एसएमएसको सुरूवात

हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ?

फिनल्याण्डको निजामती सेवाका कर्मचारी मेक्नन सन् १९८४ मा डेनमार्कको राजधानी कोपनहेगनमा एक टेलिकम सम्मेलनमा भाग लिन गका थिए । त्यहाँ भोजनका दौरान उनले दूरसंचार विज्ञहरुसँग एउटा प्रश्न राखे, यदि मोबाइल बन्द भयो भने कोहीसँग कसरी सम्पर्क गर्ने ? विज्ञहरुलेे यसको उत्तर सोँचिरहेका थिए । तर मेक्ननले भने टेक्स्ट मेसेज सर्भिसको अवधारणा निकालिहाले ।
तर सबैले उनको यो अवधारणालाई खारेज गरे । सन् १९८५ मा शोधकर्ता पि|mडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४ मा नोकिया कम्पनीले पहिलोपटम मेसेज टाइपिंग गर्न मिल्ने फोन बजारमा ल्याएसँगै एस एम एस विश्वभर नै लोकपि्रय बन्यो ।
मेसेज पठाउने त्यो सेवा भलै एसएमएसको नामबाट लोकपि्रय बन्यो तर म्याटीले यसको नाम मेसेज ह्यान्डलिंग सर्भिस राखेका थिए । उनले यसलाई कम शव्दमा सन्देश पठाउने माध्यम ठानेका थिएनन् । उनका अनुसार यो सेवा भाषाको विकाशको नयाँ तरिका थियो । म्याटीले आफैले विकाश गरेको यो प्रविधिबाट पैसा कमाउन भने सकेनन् । किनकी उनले यो प्रविधिको पेटेन्ट अधिकार दर्ता गराएनन् । त्यसैले आफुलाई एस एम एसका पिता भन्दा उनी निकै रिसाउँथे ।
म्याटी लामो समयसम्म गुमनाम रहे । हेलसिन्कीको एक पत्रिकाको संवाददाताले लामो शोधपछि म्याटीलाई पत्ता लगाए । निकै कर गरेपछि म्याटीले मेसेजिंग सर्भिसको सुरुवातका पछाडिको रोचक कहानी बताउन तयार भए । त्यसपछि दुनियाले उनको बारेमा जान्न पायो । फिनल्याण्डको सबैभन्दा ठूलो मोबाइल कम्पनी फिननेटको सिइओ समेत रहेका म्याटी ग्राण्ड ओल्ड म्यान अफ मोबाइल इन्डस्ट्रीको नामले समेत चर्चित रहे ।
Don't Forget To Join US Our Community