एक वर्षमा दैवीप्रकोपबाट मध्यपश्चिमाञ्चलमा ७५ को मृत्यु


३० असार, बाँके । चालु आर्थिक वर्षमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घरगोठ क्षति भएका छन् ।

यस्तै, यस अवधिमा २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ ।

यद्यपि अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ ।

२०७३ असार ३० गते ८:०८ मा प्रकाशित


Don't Forget To Join US Our Community